अखण्ड भण्डारी
फाल्गुन २३, २०७३- पाँचवटी छोरीपछि छोरो जन्मियो । उनले ठूलो भोज गरे । गाउँभरिकालाई बोलाएर मीठो–मीठो खुवाए । सुत्केरी उकास्न खसी काटे । पाँचौं छोरी जन्मिँदा अवस्था ठीक उल्टो थियो । छोराको आसमा रहेका उनी फेरि पनि छोरी नै जन्मिँदा ‘खङ्ग्रङ्ग’ भए । त्यसको रिस श्रीमतीसँग पोखे । उनलाई गुन्द्रुक र ढिँडो पकाएर खान दिए । अर्कोपालि जब छोरो जन्मियो, अनि मात्र उनको ‘रिस’ मर्यो ।
छोरो २० वर्षको हुँदा श्रीमती बितिन् । त्यही छोरामाथि सौतेनी आमाले दुव्र्यवहार गर्ली भन्ने चिन्ताले उनले अर्को बिहे गरेनन् । छोरीहरूको बिहे भइसकेको थियो । छोराको पढाइ तीव्र गतिमा गइरहेको थियो । छोरा २४ वर्षको हुँदा धुमधाम बिहे गरिदिए । तराईमा केही बिगाहा जमिन जोडेकै थिए । खान–लाउन र पैसा खेलाउन खास खाँचो थिएन । उनी ढुक्कले चलिरहेका थिए ।
छोरा–बुहारी राजधानी गए, उतै काम गर्न थाले । एक दिन आएर छोराले भनेछ, ‘तपाईंको सेखपछि यो सम्पत्ति अर्कैले खान सक्छ, बरु बेलैमा मेरो नाममा पास गरिदिनुहोस् । तपाईंलाई बाचुन्जेल म हेरिहाल्छु ।’ उनले छोराले भने–भने ठाउँमा सहर्ष ल्याप्चे लगाइदिए । छोराले त्यो जग्गा बेच्यो । काठमाडौंमा जग्गामै पैसा हाल्यो । कमाउन, बढाउन थाल्यो । क्रमश: करोडपति भयो ।
उनी भने वृद्धाश्रममा भेटिए ।आश्रमको पेटीमा तपतप आँसु झार्दै उनले पछुतो गरे, ‘मैले छोरा र छोरीबीच भेदभाव गरें । चिन्न सकिनँ । जन्मिँदै छोरीमाथि दुव्र्यवहार गरें । सम्पत्ति छोराकै हो भन्ने ठानें । छोरीलाई पनि हेर्नुपर्छ भन्ने कहिल्यै सोच्न सकिनँ । त्यसैको पाप अहिले भोगिरहेको छु ।’ उनको वृद्धाश्रम यात्रा केही वर्षको दु:खद जीवन भोगाइपछि तय भएको थियो । ‘बुहारीले तथानाम मुख छाड्थी, चुइँक्क बोल्यो भने छोराले मुख च्यातिदिन्छु भन्थ्यो’, उनले सुनाए, ‘पछि–पछि त कुटपिटै गर्न थाले । केही उपाय नलागेर यहाँ आएँ ।’
खुसीको संयोग– बुवा आश्रममा बस्न थालेको थाहा पाएर तिनै छोरी भेट्न गइछिन्, जो जन्मिँदा उनले श्रीमतीलाई गुन्द्रुक–ढिँडो खुवाएका थिए । उनको जन्मप्रति ग्लानि गरेका थिए । जो जन्मिँदा हर्षबढाइँ गरिएको थियो, त्यही छोराले घर निकाला मात्र गरेन, बुवालाई भेट्न गएको निहुँमा दिदीसँग बोल्नै छाडेछ । तिहारसम्म माया मारेछ ।
अहिले नारी दिवस सप्ताह चलिरहेछ । संसारभरि नारी अधिकारका फरक–फरक पाटाबाट बहस भइरहेका छन् । नेपालमा पनि धेरै गोष्ठी, सेमिनार र अन्तरक्रिया भइरहेका छन् । नारीका नाममा आएको ‘डलर’ कतै नारीद्वारा त कतै पुरुषद्वारा ‘ढंग पुर्याएर’ खर्च भइरहेको छ । तर, कहीं–कतै एउटा विषय उठेको खासै पाइँदैन, त्यो हो– छोरीलाई पनि पैतृक सम्पत्तिमा बिनासर्त समान अधिकार ।
नेपालको संविधानको धारा ३८ मा ‘महिलाको हक’ प्रत्याभूत गरिएको छ । त्यसको (१) मा ‘प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुनेछ’ भनिएको छ । त्यसकै (६) मा भनिएको छ, ‘सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ ।’ संविधानको ‘भेदभावबिना समान वंशीय हक’ को व्यवस्थालाई घुमाएर ‘सम्पत्तिमा छोरा–छोरीको समान अधिकार’ बुझ्न सकिएला, भिन्दै कुरा । तर, वास्तविकता भिन्न छ । यतिका भरमा छोरीले सम्पत्तिमा समान हक पाउन सक्दैनन् । र, छोरीले जबसम्म पैतृक सम्पत्तिमा बराबर हक पाउँदैनन्, तबसम्म हाम्रो समाज रूपान्तरण हुँदैन । अर्थात्, बाबु–आमाले पनि साँचो अर्थमा सुख पाउँदैनन् ।
नारीका दुइटा पाटा छन्– छोरी नारी र बुहारी नारी । बुहारीलाई सम्पत्तिमा जति बढी हक छ, छोरीलाई त्यति छैन । संविधानले पनि छोरीलाई भन्दा बुहारीलाई बढ्ता अधिकार दिएको छ । छोरालाई पढाइमा राम्रो खर्च गर्ने, त्यही छोराका लागि जोगाइदिन छोरीका जरुरी काममा पनि खर्च नदिने अभिभावक धेरै छन् । छोरो नजन्मिुउन्जेल जति पनि छोरी थप्नेहरू धेरै भेटिन्छन् । त्यसभन्दा दु:खद पक्ष, भ्रुणमै छोरा–छोरी पहिचान गरी गर्भपतन गराउने क्रम बढ्दो छ । यसमा बाबुभन्दा आमाको रहरले बढ्ता काम गरेको छ । महिलालाई नै छोरीको भर छैन । अर्थात्, छोरा नै चाहिने, छोरीले वंशको निरन्तरता नदिने मान्यता राख्ने बढ्ता महिला नै छन् ।
ठीक उल्टो– महिलाको जिन्दगी भने नियन्त्रणै नियन्त्रणमा गुज्रिन्छ– सानामा अभिभावकको, बिहेपछि लोग्ने र उसको परिवारको अनि वृद्धा भएपछि छोरा–बुहारीको । उनीहरू स्वतन्त्र हुन नसक्नुको कारण उही हो– सम्पत्तिमा हक नहुनु । अभिभावकले अर्काको घर जाने, उतैको मानो खाने ठान्छन् । लोग्ने र परिवारले ‘ल्याइते’ का नजरले हेर्छन् । बुढेसकालमा छोरा–बुहारीले दु:ख गरेर स्याहार्नुपर्ने बोझका रूपमा लिन्छन् । सबैका हकमा यो लागू हुँदैन । तर, खोज्दै जाँदा यसलाई भोग्ने समाजमा धेरै पाइन्छन् । उपल्लो कालमा बढ्ता नियन्त्रणको जिन्दगी व्यक्तित गर्ने नारी लाखौं छन् ।
त्यसकै परिणाम धेरै बुवा–आमा वृद्धाश्रममा छन् । तीमध्ये ठूलै संख्या घरमा छोरी–बुहारी सम्पत्ति हुँदाहुँदै शरण पर्न गएका हुन् । कतिपय त घरबाट लखेटिएका हुन् । कतिपयले सन्तानलाई सुम्पेको अथाह सम्पत्ति उनीहरूले जिन्दगीभरि रगत पसिना बगाएर जुटाएको हो । आफ्नै पौरख अन्तत: उनीहरूको आफ्नो छैन । आफ्नै सन्तान आफ्नाजस्ता छैनन् । खाई–नखाई हुर्काएका सन्तान नै बैरी भएका छन् । त्यसको कारण पनि सम्पत्तिमा उत्तराधिकार तोक्ने प्रचलन भएर हो । त्यो पनि छोरालाई मात्र । कतिपयका छोराले भएको सम्पत्ति बेलैमा अंशबण्डा गराएर लिन्छन्, बाबु–आमालाई रित्तै पार्छन् । कसले ‘पाल्ने’ नाममा अन्त्यमा बाबु–आमालाई नै मिल्काइदिन्छन् ।
उही नारी– बुहारी कठोर होलान्, छोरी पक्कै कठोर हुन सक्दैनन् । छोरीलाई समान माया र अधिकार दिनुहोस्, कहिल्यै दु:ख पाउनुहुने छैन ।
Source : eKantipur

Post A Comment:
0 comments: