हेलिकोप्टरमा ओली काठमाडौं तिर, काे कता ?
काठमाडौं, २४ फागुन । मेची महाकाली अभियान सञ्चालन गरेको नेकपा एमाले सोमबार सप्तरी पुग्दा मधेसी मोर्चाका कार्यकर्तासँग भिडन्त मात्रै भएन, चार जना निर्दोष नागरिकको समेत मृत्यु भयो । प्रहरीले चलाएको गोली लागी मधेसी मोर्चाका ४ जना कार्यकर्ताको मृत्यु भयो । सप्तरीको सदरमुकाम राजविराजमा भएको उक्त घटनापछि मधेसमा ‘बन्द’ घोषणा गरिएको छ । सप्तरीमा भने तनावपूर्ण अवस्था बनेको छ । पार्टीले थालेको अभियानकै कारण मधेसमा फेरी रणमैदान बनेपछि नेकपा एमालेका नेताहरु भने विभिन्न क्षेत्रमा बाँढिएर मधेस छाडेका छन् । घटनापश्चात बसेको एमाले स्थायी समितिको आकश्मिक बैठकले तीन दिनसम्म अभियान स्थगित गर्ने निर्णय गरेको थियो । यता शिर्ष नेताहरु असुरक्षित रहेको भन्दै सुरक्षित स्थान तर्फ ‘रेस्क्यु’ गरिएको छ । सोमबार मध्येराती १० बजेसम्म सप्तरी स्थित सशस्त्र प्रहरीको क्याम्पमा रहेका एमालेका शिर्ष नेता मध्येरातमा भने विभिन्न जिल्लामा पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र इश्वर पोखरेल हेलिकोप्टरबाट राजधानी आएका छन् ।
 
यतिबेला ओली र पोखरेल ओली निवास बालकोटमा पुगेको स्रोतले जनाएको छ । अन्य शिर्ष नेताहरु भने मध्यरातमा झापा, मोरङ र सुनसरी पुगेका छन् । एमाले बरिष्ठ नेता माधव कुमार नेपाल मोरङ तिर आइपुगेका छन् । यता एमाले उपाध्यक्ष वामदेव गौतम र स्थायी समिति सदस्य सुवास चन्द्र नेम्वाङ इटहरी पाथिभरा गेष्ट हाउसमा बसेको खबर छ । यता नेता झलनाथ खनालपनि बिराटनगर तिर आइपुगेका छन् । बरिष्ठ नेता नेपाल सहितको टोली आज नै काठमाडौं फर्कने कार्यक्रम छ ।



Source : Diyopost
Sciled

Sciled

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

Post A Comment:

0 comments: