फाल्गुन १२, २०७३- भारतको छत्तिसगढस्थित राजपुरबाट पर्सा–बारा औद्योगिक करिडोरको एक उद्योगका लागि ठूलो जेनरेटर बोकेर आएको मालबाहक गाडी २ महिनामा रक्सौल आइपुग्यो । उक्त मालबाहक गाडीलाई भारतको कटारिया क्यारियर्सलाई बिहार राज्यअन्तर्गतको राजमार्ग छिचोल्न १० दिन लागेको कर्मचारी ललन गिरीले बताए । 

राजमार्ग बिग्रिएकाले उक्त क्षेत्रमा दैनिक १० देखि १५ किमिभन्दा बढी अघि बढ्न नसकेको उनले जानकारी गराए । ‘भारी सवारीलाई सुरक्षित रूपमा ल्याउन निकै गाह्रो भयो,’ उनले भने, ‘जति नेपालको सीमा नजिकिन्छ, त्यति नै बिहारको राजमार्ग जीर्ण छ ।’ मुख्य नाका वीरगन्जसँग जोडिएको राजमार्ग जीर्ण हुँदा मालबाहक गाडीका चालक र कर्मचारीले सास्ती खेप्नुपरेको छ । ढुवानीमा सास्ती हुँदा नेपाली आयातकर्ता मर्कामा पर्छन् । उनीहरू बढी शुल्क तिर्न बाध्य हुन्छन् । राजमार्गको मोतीहारीदेखि सेमरासम्मको र सेमरादेखि रक्सौलसम्मको खण्ड जीर्ण छ ।








Source : Ekantipur

प्रकाशित: फाल्गुन १२, २०७३
Sciled

Sciled

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

Post A Comment:

0 comments: