फाल्गुन १२, २०७३- आईएमई डिजिटल सोलुसन र संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यक्रमका बीचमा साझेदारी भएको छ । समझदारीपछि मोबाइल फोनमा आधारित वित्तीय सेवाहरू प्रारम्भ गर्नका लागि आधारशिला तयार गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । 

यस साझेदारीले हाल नेपालभरि आईएमईको विप्रेषण सेवा लिइरहेका ६ लाखभन्दा बढी घरपरिवारका उपभोक्ताहरू तथा रेमिट्यान्स सञ्जाल बाहिरका उपभोक्ता तथा गैररेमिट्यान्स क्षेत्रलाई समेत मोबाइलमा आधारित वालेटको सेवा उपलब्ध गराउने लक्ष्य लिएको कम्पनीले जनाएको छ । यस अभियानमार्फत आईएमईले वित्तीय सेवाबाट वञ्चित नगरोन्मुख/ग्रामीण क्षेत्र, न्यून बैंकिङ सेवा पाएका र बैंकिङ सेवाबाट वञ्चित समुदायसम्म पुग्नका लागि मोबाइल नेटवर्क सञ्चालकहरू, आफ्नै रेमिट्यान्स एजेन्टहरू, वाणिज्य बैंकहरू, शाखारहित बैंकिङ सेवाका एजेन्ट र मर्चेन्टहरूसित साझेदारी गर्नेछ ।






Source : Ekantipur

प्रकाशित: फाल्गुन १२, २०७३
Sciled

Sciled

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

Post A Comment:

0 comments: