फाल्गुन १२, २०७३- मौसम परिवर्तनसँगै जिल्लामा रुघाखोकी, ज्वरो र झाडापखालाका बिरामी बढ्न थालेका छन् ।

जिल्ला अस्पतालको पछिल्लो ५ वर्षको अभिलेखअनुसार रुघाखोकी, ज्वरो, आँखा पाक्ने, झाडापखाला र आउँ पर्नेजस्ता पानीजन्य रोग प्रमुख समस्याका रूपमा छन् । घरघरमा आधारभूत तहको खानेपानी पुगेको सुनिश्चिततासहित ५ वर्षअघि खुला दिसामुक्त जिल्ला घोषणा, प्राय: सबै गाविस तथा बस्तीलाई पूर्ण सरसफाइयुक्त घोषणा गरिए पनि अझै प्रमुख रोगमध्ये झाडापखाला, आँखा पाक्ने, रुखाखोकी र ज्वरो न्यून हुन सकेको छैन । 

‘शौचालय व्यवस्थापन, खानेपानीमा सुधार र सरसफाइका क्षेत्रमा भइरहेको ठूलो लगानी र प्रयासका बाबजुद पनि झाडापखाला प्रमुख रोगका रूपमा देखिएको छ । सरकारी तथा गैरसरकारी क्षेत्रको लगानीमा यसले प्रश्न उठाएको छ,’ जिल्ला अस्पतालकी डा. अम्बालिका शाक्यले भनिन्, ‘अभिलेख फेला परेका पछिल्ला ५ वर्षदेखि प्रमुख १० रोगमा प्राय: सबै पानीजन्य रोग देखिनुले उपभोक्ताको आनीबानीमा परिवर्तन ल्याउन नसकेको देखिन्छ ।’

त्यसैगरी रूख–भीरबाट लडेर घाइते हुने र चोटपटक लागेर उपचार गर्न आउने बिरामीको संख्या पनि उल्लेख्य छ । कुल उपचार गरिएकामध्ये लडेर घाइते र चोटपटक लागेका बिरामीको संख्या ६ प्रतिशतभन्दा बढी छ । अस्पतालमा अघिल्लो वर्ष आकस्मिक कक्ष र ओपीडीमा गरी ४२ हजार ४७ जना बिरामीको उपचार भएको थियो । जिल्लाको अधिकांश भूभाग भिरालो भएकाले लडेर चोटपटक तथा घाइते हुनेको संख्या बढेको हो । 








Source : Ekantipur

प्रकाशित: फाल्गुन १२, २०७३
Sciled

Sciled

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

Post A Comment:

0 comments: