फाल्गुन १२, २०७३- स्वतन्त्र विद्यार्थी युनियनको आठ वर्षपछि हुन लागेको निर्वाचनका लागि तीन विद्यार्थी संगठनले त्रिपक्षीय सहमति गरेका छन् । नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले जिल्लामा सञ्चालित सातवटा क्याम्पसमा त्रिपक्षीय स्ववियु गठन गर्ने सहमति जुटाएका हुन् । फागुन १५ गते निर्वाचन गर्ने उनीहरूको भनाइ छ । 

उनीहरूले सात क्याम्पसमा पदाधिकारी बाँडफाड गर्ने भएका हुन् । नेविसंले तीन, अनेरास्ववियुले एक र अखिल क्रान्तिकारीले तीन क्याम्पसको नेतृत्व गर्ने भएका छन् । नेविसंघले कपुरकोट, शंखमूल र जनकल्याण क्याम्पस, अनेरास्ववियुले सल्यान बहुमुखी क्याम्पस र अखिल क्रान्तिकारीले शिवजन, फारुला र बन्गार क्याम्पसको नेतृत्व गर्ने सहमति छ ।





Source : Ekantipur


प्रकाशित: फाल्गुन १२, २०७३
Sciled

Sciled

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

Post A Comment:

0 comments: