काठमाडौं, २४ फागुण।   
सप्तरी घट्नालगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले ७ दिनको अल्टिमेटमसहित सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र भोलि सरकारलाई बुझाउने निर्णय गरेको छ।

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीन कुनेमा मंगलबार बसेको संघीय गठबन्धनको बैठकले २७ गते शुक्रबार नेपाल बन्दको घोषणा गरेको छ ।

फागुन २६ गते बिहीबार जिल्ला सदरमुकामहरु सहित काठमाडौमा विरोध प्रदर्शन र २७ गते नेपाल बन्द गर्ने निर्णय संघीय गठबन्धनले गरेको छ । सप्तरी घटनामा ज्यान गुमाएकाहरुको पविारलाई क्षतिपूर्तिसहित मृतकहरुलाई सहीद घोषणा र घाइतेहरुलाई निशुल्क उपचारको माग गठबन्धनले गरेको छ ।

साथै निर्वाचन फिर्ता लिन सरकारसँग गठबन्धनले माग
गरेको छ । सरकार नरसंहारमा उत्रेको र एमालेले साम्प्रदायिकता निम्त्याउन खोजेको निष्कर्ष गठबन्धनको बैठकले निकालेको छ ।




Source : LightNepal
Sciled

Sciled

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

Post A Comment:

0 comments: