इन्टरनेट पोर्न हेर्ने मानिसहरुको संख्या तिव्र रुपमा बढिरहेको छ । कम्प्युटर तथा ल्यापटपका अलावा स्मार्टफोनबाट पनि धेरै मानिसहरु इन्टरनेटमा जोडिएका छन् ।

सोही कारण मोबाइलमा पोर्न हेर्ने मानिसहरुको संख्या बढिरहेको छ । अब कैयन् एपहरुबाट पनि पोर्न हेर्न सकिने भएको छ । मानिसहरु केवल गुगल प्ले स्टोरमा उपलब्ध एप्सको माध्यमबाट मात्र होइन ब्राउजरमै विभिनन वेबसाइट सर्फ गरेर पनि पोर्न हेर्ने गर्छन् ।

पोर्न हेर्ने कुरा पूर्ण रुपमा निजी मामिला हो । पोर्न सामाग्री हेर्नबाट रोक्ने कानूनी व्यवस्था हामीकहाँ खासै छैन । तथापि इन्टरनेट पोर्न हेर्दा ठूलै होसियारी अपनाउनुपर्छ । अझ आफ्नो एन्ड्रोइड स्मार्टफोनबाट त सकेसम्म इन्टरनेट पोर्न नहेर्दा राम्रो हुन्छ । आखिर स्मार्टफोनबाट इन्टरनेट पोर्न किन हेर्नुहुँदैन त ? कारण यस्ता छन्ः

अवैध भ्यालु एडेड सर्भिसः धेरैजसो पोर्न सामाग्री अनलाइनमा सित्तैमा पाइन्छ । तर यस्ता सित्तैमा पोर्न सामाग्री कहिलेकाहीँ तपाइँलाई महंगो सावित हुनसक्छ । लोकप्रिय पोर्न वेबसाइटहरुले गैरकानूनी ढंगले भ्यालू एडेड सर्भिस जोडेर पैसा कमाउने दाउमा हुन्छन् । यसको मतलब यो हो की जब तपाइँ कुनै वेबसाइटमा आफ्नो स्मार्टफोनमा खोल्नुहुन्छ तब भ्यालु एडेड सब्सक्रिप्सन गोप्य रुपमा आफै एक्टिभेट हुनसक्छ । यसमा राशिफल, ड्रिम गर्ल प्याक जस्ता सब्सक्रिप्सन हुन्छन्, जो आफै एक्टिभेट हुन्छन् । यस्ता सर्भिसले दिनगन्ती तथा महिनावारी हिसाबले तपाइँको मोबाइलको पैसा काट्दछन् ।

पोर्न टिकरः यो एन्ड्रोइडको पूरानो समस्या हो । यो वास्तवमा लोकप्रिय एपको नक्कली भर्सन हो तर हेर्दा सक्कली जस्तै देखिन्छ । यदि तपाइँले एन्ड्रोइड मोबाइलमा पोर्न हेर्नुभयो र त्यसपछि प्ले स्टोरबाट लोकप्रिय गेम्स डाउनलोड गर्नुभयो भने पोर्न टिकर आफै पपुलर गेम्सको रुपमा नक्कली पेश गरिदिन्छ । जब त्यसमाथि ट्याप गरिन्छ तब स्मार्टफोनमा भाइरस डाउनलोड हुन्छ ।

सेक्योरिटी तथा प्राइभेसीमाथि खतराः जुन एन्ड्रोइड स्मार्टफोनमा तपाइँले आफ्नो मुख्य जिमेल आइडी लगइन गर्नुहुन्छ त्यस्तो स्मार्टफोनमा पोर्न हेर्नु खतरनाक सावित हुन्छ । ह्याकरहरुले तपाइँको स्मार्टफोनको सुरक्षा तथा गोपनीयतामा खतरा उत्पन्न हुनसक्छ ।

फिरौति माग्ने भाइरसः पोर्न साइटमा केही यस्ता भाइरस पनि हुन्छन् जसले तपाइँको डिभाइसलाई लक गरिदिन्छन् र अनलक गर्नका लागि फिरौति माग्दछन् । आजकल यस्ता घटना धेरै देखिइरहेका छन् । एकचोटी तपाइँ फस्नुभयो भने तपाइँको डिभाइसमा भएका डाटा ह्याकरको हातमा पुग्दछन् । ह्याकरले फिरौति लिइसकेपछि पनि तपाइँको डिभाइस अनलक गरिदिन्छ र डाटा फिर्ता गर्छ भन्ने ग्यारेन्टी हुँदैन ।






Source : Google 
Sciled

Sciled

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

Post A Comment:

0 comments: