TRENDING NOW

kKantipur news portal From Nepal


काठमाडौं, २५ फागुन । 
नेकपा (एमाले) केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले एमलेका नेता तथा कार्यकर्तामाथि भइरहेको आक्रमण रोकन र सुरक्षा व्यवसथा मिलाउन सरकारसँग माग गरेको छ । महासचिव कमरेड ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले सप्तरीको राजविराजमा मधेसी मोर्चाका नाममा अवाञ्छित तत्वहरुद्वारा सिर्जित आपराधिक घटना र त्यसपछि उत्पन्न परिस्थितिको संवेदनशीलतालाई ख्याल गर्दै तीन दिनका लागि स्थगित भएको हाम्रो पार्टीद्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय अभियान फागुन २७ गते हेटौंडाबाट पूर्ववत सुचारु गर्ने निर्णय गरेको छ ।
त्यस्तै राजविराजमा पार्टीले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा गरिएको आततायी हस्तक्षेपका विरुद्धमा कार्यकर्ता पंक्तिलाई स्पष्ट पार्न, आपराधिक घटनाको भण्डाफोर गर्न र घटनाको वास्तविकता जानकारी गराउन भोलि फागुन २६ गते २ बजे रामशाहपथस्थित युगम्बर पार्टी प्यालेस (ट्राफिक कार्यालय पछाडि) मा बृहत् भेला आयोजना गरिएको जनाएको छ ।
बैठकले राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानका बारेमा जानकारी दिन देशभरका सबै जिल्लाहरुमा जिल्ला आमसभा आयोजना गर्ने निर्णय गरिएको छ । आमसभाको मिति तय गरी कार्यक्रम गर्न जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
त्यसैगरी प्रदेश नम्बर २ स्तरीय विस्तारित अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरिएको छ । साथै, प्रदेश नम्बर २ अन्तर्गतका जिल्लाहरुमा कार्यकर्ता भेलाका साथै जिल्लास्तरीय सभाहरु आयोजना गरिनेछन् । ती कार्यक्रमहरुको कार्यतालिका प्रदेश नम्बर २ को पार्टी नेतृत्वसँग परामर्श गरी तय जनाएको छ ।
एमालेले मधेसका विभिन्न जिल्लामा नेकपा (एमाले) का पार्टी कार्यालय, नेता–कार्यकर्ता तथा सर्वसाधारणका घरहरु, सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरिएको छ, नेकपा
(एमाले० का नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्ने जस्ता अमानवीय र अराजनीतिक कामहरु भएका छन् । हाम्रो पार्टी त्यस्ता अलोकतान्त्रिक र आपराधिक क्रियाकलापहरु अबिलम्ब रोक्न चेतावनी दिन चाहन्छ । साथै, हाम्रा नेता–कार्यकर्ता र पार्टी कार्यालयहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
प्रेस विज्ञप्ति  :
२. राजविराजमा पार्टीले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा गरिएको आततायी हस्तक्षेपका विरुद्धमा कार्यकर्ता पंक्तिलाई स्पष्ट पार्न, आपराधिक घटनाको भण्डाफोर गर्न र घटनाको वास्तविकता जानकारी गराउन भोलि फागुन २६ गते २ बजे रामशाहपथस्थित युगम्बर पार्टी प्यालेस (ट्राफिक कार्यालय पछाडि) मा बृहत् भेला आयोजना गरिएको छ । उक्त भेलामा अनिवार्य सहभागी हुन काठमाडौ“ उपत्यकास्थित पार्टी सदस्यहरु, मोर्चा संगठनका सदस्यहरु र सम्पर्क कमिटी अन्तर्गतका पार्टी सदस्यहरुलाई निर्देशन दिइएको छ ।
३. राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानका बारेमा जानकारी दिन देशभरका सबै जिल्लाहरुमा जिल्ला आमसभा आयोजना गर्ने निर्णय गरिएको छ । आमसभाको मिति तय गरी कार्यक्रम गर्न जिल्ला कमिटीहरुलाई निर्देशन दिइएको छ ।
४. प्रदेश नम्बर २ स्तरीय विस्तारित अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरिएको छ । साथै, प्रदेश नम्बर २ अन्तर्गतका जिल्लाहरुमा कार्यकर्ता भेलाका साथै जिल्लास्तरीय सभाहरु आयोजना गरिनेछन् । ती कार्यक्रमहरुको कार्यतालिका प्रदेश नम्बर २ को पार्टी नेतृत्वस“ग परामर्श गरी तय गरिनेछ ।
५. मधेसका विभिन्न जिल्लामा नेकपा (एमाले) का पार्टी कार्यालय, नेता–कार्यकर्ता तथा सर्वसाधारणका घरहरु, सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरिएको छ, नेकपा (एमाले) का नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्ने जस्ता अमानवीय र अराजनीतिक कामहरु भएका छन् । हाम्रो पार्टी त्यस्ता अलोकतान्त्रिक र आपराधिक क्रियाकलापहरु अबिलम्ब रोक्न चेतावनी दिन चाहन्छ । साथै, हाम्रा नेता–कार्यकर्ता र पार्टी कार्यालयहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन सरकारस“ग माग गर्दछ ।



Source : LightNepal